आफ्नो यौनको तिर्खा मेट्न अप्राकृतिक तरिका अपनाउँदा कहिलेकाहीँ बित्यासै पर्नसक्छ । यस्तै भएको छ अमेरिकाको पेन्सिल्भानियाका २० वर्षे एक युवकलाई ।

एक पोथी घोडासँग मुख मैथुन गरेको आरोपमा जेरेमी जोन्सन नामकी ती युवाले अढाइ वर्षको जेल सजाय पाएका छन् ।

गएको मे महिनाको २ तारखेका दिन रातको १ बजेतिर ती युवा स्थानीय एक किसानको तबेलामा छिरेर घोडासँग मैथुन कार्यमा संलग्न भैरहेको बेलामा उक्त फार्ममा कर्मचारीले देखेका थिए र तत्काल पुलिस बोलाइएको थियो ।

त्यसपछि प्रहरीले उनलाई पक्रेर जनावरसँग अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै मुद्दा चलायो ।

ती युवकले भने आफु काम खोज्दै उक्त कृषि फार्ममा पुगेको र सोही क्रममा तबेलामा रहेको घोडा निकै मन परेकोले केवल सुम्सुमाउँदै जिउमा चाटेको दाबी गरेका छन् ।